No description available.

हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला महिला विभाग मकवानपुरद्वारा आयोजित तीज विशेष कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरकी महिला उपाध्यक्ष तथा महिला विभाग संयोजक प्रतिमा गौतमको अध्यक्षता रहेको कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समिति सदस्य लक्ष्मी गजुरेलको प्रमुख आतिथ्यतामा रहेको थियो ।

No description available.
“सांस्कृतिक पर्व तीजमा बढ्दो विकृति” विषयमा विमर्श भएको कार्यक्रममा म्युजिकल चियर, सामुहिक हाजिरी जवाफ प्रतियोगिताका साथै सामुहिक नृत्य समेत प्रस्तुत भएको थियो ।

नेपाल राष्ट्रिय शिक्षक संगठन निवर्तमान केन्द्रिय सदस्य पद्मा पौडेलको विशेष आतिथ्यमा भएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन बागमती प्रदेश सदस्य सुनिल गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम दाहाल, पेसागत महासंघका केन्द्रीय सदस्य माया पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका सल्लाहकार अक्रुेर गौतम , शिक्षक महासंघ मकवानपुरका उपाध्यक्ष लक्ष्मी चौलागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर उपाध्यक्ष कृष्ण पौडेल, सचिब मुकुन्द न्यौपानेको आतिथ्यता रहेको थियो ।

No description available.

बकैया गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष सरला बोलखे तथा गैर सरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकले सांस्कृतिक पर्व तीजमा बढ्दो विकृति बिषय माथि आफ्नो बिचार ब्यक्त गरेकी थिईन्।
कार्यक्रमको स्वागत मन्तव्य नेपाल राष्ट्रिय शिक्षक संगठनकी कोषाध्यक्ष भावना सापकोटाले ब्यक्त गरेकी थिईन् ।
हाजिरी जवाफ प्रतियोगितामा शिक्षकहरू नम्रता बिँडारी पोखरेल , सावित्री अधिकारी , राधिका सापकोटा , शालिकराम घिमिरे, सुनिता घिमिरे, गोपिरमण प्याकुरेल विजेता भएका थिए भने म्युजिकल चेयर प्रतियोगितामा राधा गौतम, विष्णुमाया नगरकोटी र शारदा दुलाल क्रमशः प्रथम , द्वितीय र तृतीय भएका थिए ।