हेटौंडा । बागमती प्रदेश सांसद एका लाल श्रेष्ठले गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा भएको डाक्टरहरुमाथिको हातपातको विषयमा विशेष समिति निर्माण बनाएर अनुसन्धान गर्नुपर्ने बताएका छन् ।

आज भएको बागमती प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै सांसद श्रेष्ठले घटनामो दोषि को हो भनेर विशेष समिति बनाएर छानविन गर्नुपर्ने बताए ।

गत श्रावण २४ मा डेंगु संक्रमणको कारण हेटौंडा १२ का राजेश प्रधानको मृत्युको सन्र्दभपछिका घटनाक्रमको विशेष समिति मार्फत अनुसन्धान गरी दोषिमाथि कारबाहीको लागि उनले माग गरेका छन् । डाक्टरमाथि आक्रमण हुनुपर्ने अवस्थाको कारण के गरि सृजना भयो भन्ने विषय पनि महत्वपूर्ण रहेको भन्दै उनले गम्भिर अनुसन्धानपछि निचोडमा पुग्नुपर्ने बताए ।