

हेटौंडा । डाक्टरमाथि कुटपिटको विरोधमा हेटौंडास्थित बागमती प्रदेश सभाको भवन अगाडि प्रदर्शन गरिएको छ ।
शनिबार चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले मकवानपुरको हेटौंडा-१० स्थित प्रदेश सभा भवन अगाडि प्रदर्शन गरेका हुन् । प्रदेश सभा भवन अगाडि प्लेकार्डसहित उपस्थित भएका स्वास्थ्यकर्मीले सुरक्षाको माग गरेका छन् ।
उनीहरुले डाक्टर कुटपिटमा संलग्न सबैलाई पक्राउ गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले प्रदेश सभा भवन परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले प्रदेश सभा बैठक बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्