

काठमाडौं । बलिउड अभिनेता शाहरुख खानको फिल्म जवानले विश्व बक्स अफिसमा चार दिनमा नै ५ सय करोड भारु कमाई गरेको छ ।
फिल्मले रिलिजको चौथो दिन विश्वभर १५६.८० करोड कमाई गरेसँगै अहिलेसम्म कुल ५३१.२६ करोड भारु कमाई गरेको हो । भारतीय बक्स अफिसमा भने फिल्मले आइतबार मात्र ८० करोड कमाई गरेको थियो ।
जवानले रिलिजको पहिलो दिन विश्वभर १२५.०५ करोड, दोस्रो दिन १०९.२४ करोड र तेस्रो दिन १४०.१७ करोड कमाई गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्