काठमाडौं । एसिया कपको सुपर फोर खेलमा भारतले पाकिस्तानलाई ३५७ रनको विशाल विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

श्रीलंकाकाको कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ विकेट गुमाउँदै ३५६ रनको योगफल बनाउँदै पाकिस्तानलाई  लक्ष्य प्रस्तुत गरेको हो ।

भारतको विशाल योगफलका लागि विराट कोहली र लोकेश राहुलको सानदार शतकीय पारी महत्वपूर्ण रह्यो ।