

काठमाडौं । नेपाली कांग्रेसको नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।
तरुण दलका पुर्वअध्यक्ष एवं नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि बुधबार काठमाडौंमा भएको सांघातिक आक्रमणको विरोध गर्दै तरुण दलले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।
बुधबार खुकुरी आक्रमण गरिएका यादवको अहिले ट्रामा सेन्टरमा उपचार भइरहेको छ र उनको स्वास्थ्य स्थीर रहेको अस्पतालले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्