काठमाडाैं । नेकपा एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालको कार्यवहाककाे जिम्मेवारी पुष्प श्रेष्ठलाई दिइएकाे छ । अध्यक्ष क्षितिज थेबे एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा गएपछि कार्यवहाककाे जिम्मेवारी श्रेष्ठलाई दिइएकाे प्रवक्ता निराेज पाैडेलले जानकारी दिए ।
संगठनको दैनिकी रुपमा गरिने कामकाजको जिम्मेवारी र संघले तय गर्ने अबको आन्दोलनको सम्पूर्ण ब्यवस्थापन कार्यवाहाक अध्यक्ष पुष्प श्रेष्ठले गर्नु हुने संघका प्रवक्ता पौडेलले जानकारी दिए । युवा संघले शनिबार महंगी, कालोबजारी र भ्रष्टचार बिरुद्ध सडक आन्दोलन पुष्प श्रेष्ठको नेतृत्वमा गरेको थियो ।
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा पार्टी महासचिव पोखरेल नेतृत्वको भ्रमण टोलीले चीनका तीन मुख्य शहर छोङछिङ, बेइजिङ र छिङहाइको भ्रमण गर्नेछ ।
भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरका नेतासँग भेटवार्ता हुनेछ । भेटमा नेपाल र चीनको द्विपक्षीय सम्बन्धका विविध पक्ष र एमाले र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) बीचको पार्टीगत सम्बन्धका विभिन्न आयामबारे छलफल हुनेछ।
प्रतिक्रिया दिनुहोस्