हेटौंडा । सर्ट फिल्म ‘शिकारी’ सार्वजनिक भएको छ । शुक्रबार एजे वाइवा अफिसियल युट्युब च्यानल मार्फत छोटो फिल्म सार्वजनिक गरिएको हो ।

मकवानपुरमा लामो समयदेखि कलाकारितामा सक्रिय अजय वाइवाले निर्देशन गरेको छोटो फिल्म ‘शिकारी’मा झुलेन श्रेष्ठ र आशिका तिमल्सिनाको अभिनय देख्न सकिन्छ । छोटो फिल्ममा शिकार गर्न खोजेका नै शिकार भएको देखाइएको छ । निर्देशक वाइवाले सर्ट फिल्ममा भिएफएक्स प्रविधि प्रयोग गरी नयाँ पन देखाइएको बताए ।

सर्ट फिल्मलाई वाइवाले नै छायांकन र सम्पादन गरेका हुन् । वाइवाले यसअघि पनि सर्ट फिल्मसहित म्यूजिक भिडिओहरुलाई पनि निर्देशन गर्नुका साथै अभिनय पनि गर्दै आएका छन् ।