काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जवान’को प्रदर्शनको एक हप्ताअघि ट्रेलर सार्वजनिक गरिएको छ ।

शाहरुखले बिहीबार दुबईबाट सार्वजनिक गरेका हुन् । एक्सन अवतारमा प्रस्तुत भएका शाहरुखको दुई रुप देखाइएको छ । एउटामा उनी प्रहरी र अर्कोमा नकारात्मक भूमिकामा चित्रित छन् ।

ट्रेलरमा शाहरुखसहित विजय सेतुपति, नयनतारा र दीपिका पादुकोणको झलक देखाइएको छ । फिल्म आगामी बिहीबार अर्थात् भदौ २१ गतेबाट प्रदर्शन हुनेछ ।