हेटौडा । काठमाडौंको दरबार मार्ग ओरियन्ट क्याफेमा प्रत्येक शनिबार लाग्ने स्थानीय कृषि उत्पादन ‘रैथानै हाटबजार’ मेलामा आज मकवानपुरगढी गाउँपलिकाले पनि आफ्नो पालिका भित्र उत्पादन भएका बिभिन्न रैथानेबालि तथा सामाग्रीहरुको प्रदर्सनी तथा विक्रि वितरण गरेको छ ।
मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बालि कोदोको पिठो , बेसार , कोदोको दाना , लसुन ,फापर , गेडागुडी तथा स्थानीय स्तरमा उत्पादन भएको बाँस , बेद र निगालो बाट बनेका हस्तकला सामाग्रीहरुको शनिवार दरबारमार्गमा प्रर्दशनी तथा विक्रिवितरण गरिएको हो । ‘रैथाने कृषि हाटबजार’ नाम दिइएको यो मेला प्रत्येक शनिबार बिहान ६ बजेदेखि दिउसो १२ बजेसम्म लाग्ने गर्छ ।
हाटबजार भएको कार्यक्रमा बोल्दै मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतानले रैथाने बाली संरक्षण गर्नको लागि बागमती प्रदेशको राजधानी हेटौडामा पनि यस्तो बजार आवश्यक रहेको बताए । उनले स्थानीय सरकारले केषिलाई उत्पादनमुखी बनाउन ध्यान दिनुपर्नेमा जोड दिए ।
‘रैथानै हाटबजार’ मेलामा मकवानपुर गढी गाउपलिकाको सबै भन्दा बढी कलिकोला कोदोको पिठोको माग भएको थियो । गाउँ भन्दा सहरमा कोदोको पिठोको महत्वपूर्ण मानिएको र गाउमा भन्दा सहरमा कोदोको महत्व बढी देखिएको मकवानपुरगढी गाउपलिका कृषि शाखा प्रमुख चन्द्र कान्त चौधरीले बताए ।
प्रतिक्रिया दिनुहोस्