काठमाडौं ।  सत्तारुढ नेपाली कांग्रेसले संसदीय समितिका सभापतिका उम्मेदवारको नाम टुंगो लगाएको छ । संसदीय समितिको सभापतिको लागि कांग्रेसले आफ्नो भागमा परेको चार वटा समितिको सभापतिको उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवा पत्नी समेत रहेकी सांसद आरजु राणालाई कृषि समितिको सभापति बनाउने भएको छ । त्यस्तै संसदीय समितिको सभापतिमा जीवन परियारलाई उम्मेदवार बनाउने भएको छ भने अर्थ समितिमा सन्तोष चालिसे र राज्य व्यवस्था समितिमा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको हो ।

कांग्रेसको संसदीय समितिमा संस्थापन इतर समुहले दुई जना दाबि गरेपनि सो समुहबाट परियार परेका छन् । त्यस्तै चालिसे कुनै समुहमा नरहेका नेता मानिन्छन् । लामो समय रिक्त रहेको संसदीय समितिको नेतृत्वका लागि आज मनोनयन हुँदै छ ।