काठमाडौं । सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरुको बैठक बोलाएका छन् । अहिले बिहान ११ बजे सिंहदरवारस्थित सभामुख कार्यकक्षमा सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुलाई छलफलका लागि बोलाएका हुन् ।

बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सहभागी हुने तय भएको छ  ।

गत साउन १० गतेदेखि अवरुद्ध संसद् बैठकलाई सुचारु गर्न सभामुखले पहल गरिरहेका छन् । आज पनि प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।