

हेटौंडा । मकवानपुरको हेटौंडा–३ लेवटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीय अशोक स्याङतानको मृत्यु भएको हो ।
खेतमा पानी लगाउने क्रममा पानी तान्ने मेसिनमा केरन्ट लाग्दा उनी घाइते भएका थिए । उनको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्