

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न बुधबार शीतलनिवास पुगेका छन्।
राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच बुधबार दिउँसो संसद्मा उत्पन्न गतिरोधलगायत विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ।
राष्ट्रपति पौडेलले संसदको गतिरोध अन्त्य गर्न यसअघि शीतलनिवासमै सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुराकानी गरेका थिए ।
गत १० साउनदेखि संसद बैठक अवरुद्ध र स्थगित हुँदै आएको छ ।
सुन तस्करी प्रकरणको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्द एमालेले संसद बैठक अवरोध गर्दै आएको हो ।
प्रतिक्रिया दिनुहोस्