काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन् ।

आगलागीमा परेर उपचार गराइरहेका सांसद भण्डारी बुधबार कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका हुन् । उनको हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको अस्पतालका प्रमुख प्रा डा शंकर राईले जानकारी दिएका छन् ।

पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै उनको शल्यक्रिया गर्न लागिएको अस्पतालले जनाएको छ ।

गत ३ फागुनमा आफ्नै घरमा ग्यास लिक हुँदा भएको आगलागीमा परेका उनी लामो समय भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचार गरेर स्वदेश फर्किएका थिए ।