

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ ।
इन्द्रसरोवर–३ चित्रेघारीमा भीरबाट लडेर स्थानीय ५३ वर्षीय विनोदकुमार बम्जनको मृत्यु भएको हो । घर नजिकैको जंगलमा घाँस काट्न गएका उनी चिप्लिएर भीरबाट खसेका थिए ।
गम्भीर घाइते बम्जनलाई उपचारका लागि फर्पिङस्थित मनमोहन अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्