काठमाडौं । नेकपा एमाले नेता केशव स्थापितले पार्टीको केन्द्रीय कमिटीबाट बिदा लिएका छन् । एमालेले स्थापित र सिरहाका प्रमोद यादवलाई केन्द्रीय सदस्यबाट बिदा गरेको हो ।

उनीहरू आफैँले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारीबाट हटाउन नेतृत्वलाई आग्रह गरेकाले एमाले केन्द्रीय कमिटीबाट बिदा गरिएको बताइएको छ । सोमबार बसेको एमालेको सचिवालय बैठकले उनीहरूको राजीनामा स्वीकृत गरेको छ ।