हेर्टाैँडा ।
मकवानपुर क्रिकेट संघ मकवानपुरको जिल्ला अधिवेशनमा आएका क्यानका केन्द्रीय कार्यवाहक सचिव दुर्गाराज पाठकमाथि मोबिल छ्याप्ने दोषि र घटनाको योजनाकारलाई कानुनी कारबाहिको लागि मकवानपुर क्रिकेट संघले अनुरोध गरेको छ । क्रिकेटमा हुने यस्ताखाले अराजक गतिविधिलाई रोक्नको लागि मकवानपुर क्रिकेट संघ अनुसन्धानमा सघाउनको लागि पुर्ण रुपमा तयार भएको बताउँदै जिल्ला अध्यक्ष करन महात्रा क्षेत्रीले आफुहरुले किटानी जाहेरि दिईसकेको र प्रहरी अनुसन्धानमा सहयोगी भूमिका खेलेको बताए ।
क्रिकेटमा यस्ताखाले विवादले भविष्यमा खतरा उत्पन्न हुने भन्दै उनले खेल क्षेत्रको विकासको लागि अराजक गतिविधि बाधक हुने बताए । खेललाई खेलभावना अनुसार मात्र सञ्चालन गर्नुपर्नेमा केहि अराजग गतिविधिले आफुहरुलाई निकै दुखि बनाएको उनको भनाई रहेको छ । आफुहरु जिल्लामा सर्वसम्वत हुने संभावनाको बिचमा केहि अराजक समूहले जिल्लाको क्रिकेट संघलाई बदनाम गर्न खोज्नु दुखद विषय भएको भन्दै उनले सत्यतथ्य छानविन गर्दै दोषिमाथि कारबाहीको माग समेत गरेका छन् ।
क्रिकेट संघको प्रदेश तथा केन्द्रीय अधिवेशन नजिकदै गरेको अवस्थामा भएको यस्ताखाले गतिविधिले समग्र क्रिकेट जगतलाई असर गरेको उनको भनाई रहेको छ ।
प्रतिक्रिया दिनुहोस्