

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिरबाट बरामद सुनको तौल करीब ६० किलो मात्र रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत असार २९ गते सिनामंगलमा फेलापरेको सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको हो । बरामद ब्रेक सुभित्रको सुन निकाल्दा सुनको परिमाण ६० केजी ७७९ ग्राम रहेको पाइएको नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले जनाएको छ ।
चिनियाँ तस्करले हङकङबाट ब्रेक सुमा राखेर ल्याएको सुन राजस्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । राष्ट्र बैंकको टक्सार विभागले सोमबार ब्रेक सुको सुन जोखेको थियो । बरामद गरेको २७ दिनपछि सुनको तौल लिइएको हो ।
प्रतिक्रिया दिनुहोस्