काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादव आज छिमेकी राष्ट्र चीनको भ्रमणमा जाँदै छन् । उनी अपरान्ह साढे ४ बजे चीन प्रस्थान गर्नेछन् ।
सातौं चीन–दक्षिण एशिया प्रदर्शनी तथा २७औँ चीन कुनमिङ आयात–निर्यात मेलामा सहभागी हुन उनी आज चीन जान लागेका हुन् । उक्त मेला साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुनेछ । सो मेलाको उद्घाटन समारोहलाई उपराष्ट्रपति यादवले सम्बोधन गर्ने कार्यक्रम छ ।
चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी पत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल, सेनानी रत्नबहादुर श्रेष्ठ र सहसेनानी भीमसेन देवकोटा सहभागी हुनेछन् । उपराष्ट्रपति यादव भदौ ४ गते स्वदेश फर्किने छन् ।
प्रतिक्रिया दिनुहोस्