हेटौँडा । मकवानपुर जिल्लामा आईतबार बिहानबाट निरन्तर वर्षा भैरहेको छ । वर्षाको कारण जिल्ला सदरमुकाम हेटौँडाको केहि क्षेत्र डुवानमा परेको छ । हेटौँडा उपमहानगरपालिकाको गर्दोइ, शान्तिनगर लगाएतका क्षेत्र डुबानमा परेको हो ।
यस बाहेक जिल्लाको तटिय क्षेत्रमा उच्च सतर्कताको लागि अनुरोध गरिएको छ । वर्षातको कारण सामरी, कर्रा, राप्ती , सिमात तथा बबैया नदि आसपासको क्षेत्रमा उच्च सर्तकता अपनाउनको लागि आम नागरिकलाई अनुरोध गरिएको छ ।