हेटौँडा । मकवानपुरमा आईतबारबाट भएको निरन्तर वर्षातको कारण हुनसक्ने क्षति न्यूनिकरणको लागि एमाले मकवानपुरको स्वयमस्वक टोली तयारी अवस्थामा रहेको एमाले मकवानपुरले जनाएको छ । एमाले मकवानपुरका अध्यक्ष एका लाल श्रेष्ठले एमालेका स्वयमसेवक टिम तयारी अवस्थामा रहेको भन्दै सभावित जोखिम न्यूनिकरणको लागि सबैले मिलेर उद्धार कार्यमा सहभागिताको लागि अनुरोध गरेका छन् ।

निरन्तर वर्षातको कारण मकवानपुरको तटिय क्षेत्रमा उच्च जोखिम रहेको जल तथा मौसम विभागले पनि सूचना जारि गरिसकेको अवस्थामा एमालेको टिम पनि “रेडि पोजिसन” मा रहेको उनले बताए । मकवानपुर पनि वर्षातको समयमा उच्च जोखिममा हुने गरेको भन्दै उनले विपदको समयमा सबैले हातेमालो गरेर जोखिम नियन्त्रणमा साथ दिनको लागि सबै आम नागरिकलाई अनुरोध गरेका छन् ।