काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई अदालतले थुनामा राख्न नपर्ने आदेश दिएको छ । अनुसन्धानका लागि म्याद थप गर्न काठमाडौं जिल्ला अदालत लगिएकामा अदालतले म्याद थप गर्न अस्वीकार गरेको हो ।

जिल्ला न्यायधिश दन्डपाणी शर्माले थुना बाहिर राखेर नै अनुसन्धान गर्न आदेश दिएका छन् ।

नक्कली शैक्षिक प्रमाणपत्रको अभियोगमा पक्राउ परेका अन्यलाई भने ५ दिन थुनामै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।  नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो ।