काठमाडौं । मञ्जु थापाको ‘यो तिजमा नजाने माईती’ बोलेको गीत सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा स्वर मञ्जु थापाको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाले भरेका छन् । गीतको भिडियोमा दीपा श्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना र शिला गजुरेल लगायतका कलाकारको अभिनय छ । कार्यक्रममा बोल्दै गायिका थापाले मेहनत गरेअनुसार गीत राम्रो बनेको बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै अभिनेत्री दीपाश्री निरौलाले तिज भन्नेबित्तिकै आफू फुरुङ्ग हुने गरेको बताइन् । उनले गीत र भिडियो उत्कृष्ट बनेको बताइन् ।

त्यस्तै अभिनेत्री रेजिना उप्रेतीले गीत राम्रो रहेको र गीत सुन्नेबित्तिकै मन परेर अभिनय गरेको बताइन् । उनले आफू घरमै तिज मनाउने भएकाले आफ्नो लागि तिज गीत बनेको जस्तो अनुभव भएको बताइन् ।

कार्यक्रममा बोल्दै संगीतकार शम्भुजित बाँस्कोटाले गीतमा धेरै मेहनत गरेर बनाएकाले राम्रो रहेको बताए ।

संगीतकार बाँस्कोटाले घरमै सबैलाई बोलाएर घरमै तिज मनाएर रमाइलो गर्ने भन्ने सन्देश दिनका लागि गीत सिर्जना गरेको बताए ।