

काठमाडौं । हिन्दी फिल्म चल्न दिन उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
विवादास्पद दक्षिण भारतीय चलचित्र आदिपुरूषको विषयलाई लिएर काठमाडौं महानरपालिकाका मेयर बालेन साहले काठमाडौं महानगरभित्र सम्पूर्ण हिन्दी फिल्म चल्न नदिने निर्णय गरेका थिए ।
बुधबार काठमाडौं महानगरको निर्णयविरूद्ध हलवालाहरूको छाता संगठन चलचित्र संघले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
बिहीबार उच्च अदालत पाटनका न्यायाधीश धीरबहादुर चन्दको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
अदालतले छलफलका लागि असार १२ गते दुबै पक्षलाई बोलाएको छ।
प्रतिक्रिया दिनुहोस्