हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका-६ पकने मराङसिङमा एक युवकको शव फेला परेको छ ।

सोमबार फेला परेको शव धादिङ गजुरी गाउँपालिका-४ भुमिढुङ्गाका २२ वर्षीय शंकर तामाङ रहेको खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनास्थल नजिकै विषादीको बट्टा समेत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।