काठमाडौं । प्रहरीले क्रिकेटर आदिल अन्सारी र पूर्वक्रिकेटर मेहबुब आलमलाई पक्राउ गरेको छ ।

नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

काठमाडौंमा सम्पन्न लिगमा स्पट फिक्सिङ भएको खबर सार्वजनिक भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान गरेको थियो ।

सीआईबीले लिगमा स्पट फिक्सिङ भएको निष्कर्ष निकालेको थियो ।