काठमाडौं । भारतको लखनउको हजरतगञ्जमा चलिरहेको स्कुटीमा एकअर्कालाई चुम्बन गर्ने एक जना पक्राउ परेका छन् ।

अश्लीलता फैलाएको अभियोगमा प्रहरीले बुधबार बिहान युवकलाई पक्राउ गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

उनीहरुले चलिरहेको स्कुटीमा एकअर्कालाई चुम्बन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले युवकलाई पक्राउ गरेको हो ।

मंगलबार राति सार्वजनिक भएको भिडियोमा एक जोडी चलिरहेको स्कुटीमा एकअर्कालाई चुम्बन गरिरहेको देखिन्छ ।

युवती पछाडि फर्केर युवकको काखमा बसेकी छिन् । भिडियो भाइरल भएको केहि घण्टामै प्रहरीले युवकलाई पक्राउ गरेको हो  ।

सडकमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा प्रहरीले स्कुटीको नम्बर पत्ता लगाएको र युवकलाई पक्राउ गरेको बताइएको छ ।