नरेन्द्र भण्डारी

राजनीतिमा सबैखाले सम्भावना रहने बताइन्छ । २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना गर्न कांग्रेस र बामपन्थीहरु एकजुट थिए । प्रजातन्त्र पुनःस्र्थापनापछि कांग्रेस र बामपन्थी नै एकअर्काका प्रतिस्पर्धी भए ।

राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र अनुशासित बनाउन नसक्दा पुनःस्र्थापित प्रजातन्त्र पटक–पटक जोखिममा रहँदै आएको छ । २०५२ सालबाट तत्कालिन माओवादीले सशस्त्र आन्दोलन सुरु गर्यो ।

१० वर्षे सशस्त्र आन्दोलनले नेपाली समाजमा केही सकारात्मक छाप छाडे पनि मूलधारको राजनीतिलाई नै सुधारको बाटोमा ल्याउन नसक्दा अन्ततः १७ हजार भन्दा बढीको ज्यान गयो भने अझै कति बेपत्ता छन् । अंगभंग हुनेको वास्तविक तथ्यांक र तिनीहरुको सहज दैनिकीको सुनिश्चितता सरकारले गर्न सकेको छैन ।

हिजो टाउकाको मूल्य तोक्ने र तोकिने दुबै निर्वाचनमा एकअर्काका पूरक छन् । हिजो माओवादी र एमालेसहित केही साना बाम शक्तिहरु मिलेर कम्युनिष्टहरु एक हुने प्रयास नभएको होइन ।

तर, राज्य सत्ताको लोभ–लाभमा अनेकौं चलखेल हुँदै गर्दा दुईतिहाई नजिकको शक्ति छिन्न भिन्न हुने अवस्थासम्म आइपुग्यो । एक किसिमले संसदीय व्यवस्थामा दुईतिहाई नजिकको बामपन्थी शक्ति छिन्न–भिन्न हुने कल्पना समेत गर्ने छुट नहुनु पर्ने हो । तर, यथार्थमा दुईतिहाई नजिकको बामशक्ति बम पड्काएर फुटाएजस्तो तीन टुक्रा भयो ।

एमाले–माओवादीसहितको बाम एकताको प्रयास, एकताको घोषणा, बाम एकतालाई शक्ति प्रदान गर्ने २०७४ सालको जनमतको सिलसिला एक किसिमले अनपेक्षित जस्तै थियो । दुईतिहाई नजिकको शक्ति टुटफुट भएर तीन टुक्रा भएपछि एकताको आधार, एकताको घोषणापछिको व्यवहार, शक्तिशाली जनमतपछिको व्यवहार यी तीनै चरणका विषयमा सघन समीक्षा जरुरी हुन सक्छ ।

यस किमिसको समीक्षाले भोलिको दिनलाई कम जोखिमपूर्ण बनाउन सहयोग पुग्नेछ । तर, यतिबेला प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको समूह सत्तास्वार्थबाट प्रेरित भएर पार्टीलाई तीन टुक्रा बनाउन प्रेरित भएको आज पुष्टि भइसकेको छ ।

२०७४ को जनमतलाई कुन दलले न्याय गर्न सक्यो ? शीर्षदेखि जनतासँग दैनिक कुराकानी हुन सक्ने राजनीतिक नेतृत्वसम्मको तहमा पनि जनमतको सम्मान के कसरी भयो भनेर समीक्षा जरुरी छ । राजनीतिक दलका नेता, कार्यकर्ताले समीक्षा गरे गरेनन् यो तपसीलको कुरा हो । तर, २०७९ मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदाताले ५ वर्षअघिको मतको सदुपयोग गरे, नगरेको समीक्षा गर्नेछन् ।

आज मंसिर १ गते बुधवार मध्यरातीदेखि मौन अवधि अर्थात निर्वाचनको प्रचारप्रसार गर्न नपाइने मौन अवधि सुरु हुँदैछ । जनताले दल र नेताको कामको समीक्षा गर्दै पछिल्लो दुईसाता दल, उम्मेदवार, नेता, कार्यकर्ताको होहल्ला, सरसल्लाहको मौन अवस्थामा मूल्यांकन गरेर मतदान गर्नेछन् । जनतालाई आम रुपमा सही निर्णय गर्न नसक्ने भनेर भेँडाको संज्ञा पनि दिने गरेका छन् । तर, २०१५ सालदेखि कै निर्वाचनहरुको अध्ययन गर्ने हो भने जनमत कहिल्यै गलत छैन ।

२०१५ सालमा प्रजातन्त्रवादीलाई जनमत प्राप्त भएको थियो । २०४६ पछि प्रजातन्त्र पुनस्र्थापना गर्ने अगुवा शक्तिलाई नै मत प्राप्त भयो । २०६२–६३ को आन्दोलनपश्चात गणतन्त्रवादी, सशस्त्र द्वन्द्वका बेला सास र लास नभेट्दा समेत माओवादीलाई मत दिएकै हो । तर, काम गर्न नसक्दा कांग्रेस, माओवादी हुँदै अन्ततः बाम एकताप्रति आशा गरेर २०७४ मा झण्डै दुईतिहाई मत त्यही जनताले दिएका हुन् ।

आजको युगमा जनतालाई गलत सावित गरेर राजनीति दल र तिनका नेतृत्वको गैरजिम्मेवारीपनाको दोष हट्दैन । आज फेरि जनताले एउटा महत्वपूर्ण समयमा आम नागरिक सही निर्णय गर्न आतुर छन् । जनतामा व्यापक निराशा छ ।

तर, जनता आफ्नो मत सदुपयोग गर्नुपर्नेतर्फ भने सचेत छन् । मंसिर ४ गते आम नेपालीले आफ्नो विवेकपूर्ण मत प्रकट गर्दै गर्दा मुलुकले एउटा सुन्दर निकास पाउने आशा गर्न सकिन्छ ।

म एउटा पार्टीको कार्यकर्ता भएर विशेषगरी निर्वाचनको प्रचारप्रसारमा जाँदै गर्दा मतदाताले निराशाकाबीच पनि एउटै आशा भनेको आफ्नै मत हो भन्ने स्पष्ट भएर दलका नेता, उम्मेदवार, कार्यकर्ता र समर्थकलाई चुनौति दिइरहेका छन् ।

मतदाताले सजिकै भन्छन्, ‘के गर्छ तिम्रो पार्टीले रु तिम्रो नेताले रु तिमीले पनि के गर्यौ’ हामीजत्तिको प्रतिवद्ध कार्यकर्ताका लागि यस्ता प्रश्न पेचिलो लाग्छ । मतदाताका यस्ता जायज प्रश्नले हामी सुध्रनुको विकल्प छैन । हामीले हाम्रा नेतालाई नसुधार्न सचेत हुनैपर्छ ।

दल, नेता, कार्यकता, नागरिक र समाज क्रमशः सुधार्दै जाने हो । २०७४ सालको निर्वाचनमा प्राप्त मतको सम्मानमा कमजोरी भएका विषयमा मतदाताले समीक्षा गरेर यस पटकको निर्वाचनमा राजनीतिक दलको सुधारलाई प्रेरित गर्नेगरी मत प्रकट हुनेछ ।

यसअघि गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनले पनि दलहरुलाई सुध्रन समेत गराएकै छ । हामीले आशा गरेका छौं हाम्रो दल र हाम्रा नेताले सुध्रनुपर्ने महसुस गरेका छन् ।

राजनीतिक दलभित्र सुधारको आवश्यकतालाई औँल्याउँदै सुध्रन सक्ने दलको रुपमा नेकपा एमालेलाई नै जनताले चुनेका छन् । बैशाख महिनामा सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा पनि नेकपा एमालेको मत उत्साहजनक छ ।

यही बलमा विशेषगरी हाम्रा आदरणीय नेता केपी ओलीले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा असाध्यै आत्मविश्वासपूर्ण अगुवाई गरिरहनुभएको छ ।

ओलीको अभिव्यक्तिप्रति आलोचनात्मक टिप्पणी पनि उत्तिकै भइरहेको पाउँछौं । सशक्त अभिव्यक्ति छ र त टिप्पणी पनि जोडदार भइरहन्छ । हिजो राष्ट्रिय योजना होस् या अन्तर्राष्ट्रिय सम्बन्ध ओलीको नेतृत्व सशक्त रह्यो ।

छिमेकी भारतसँग लुरुक्क पर्ने नभई जुरुक्क उठेर सार्वभौम सरकारको स्वरुपमा मुलुकलाई खडा गर्न ओली नै सक्षम रहनुभयो । आज श्रद्धेय अध्यक्षको अडानले हामी कार्यकर्तामा उत्साह, जोश र जाँगर बढेर आएको छ ।

नेकपा एमालेको शक्तिलाई नै सावित गर्ने गरी सत्तामा रहेका दलहरु एउटै मोर्चामा उभिएका छन् । सत्तामा बसेर एउटै मोर्चामा उभिँदा पनि आफ्ना योजना भन्दा ओली र ओली नेतृत्वको हिजोको सरकारको आलोचनामा सत्तारुढ दल र तिनका नेताहरु व्यस्त छन् ।

ओली मुलुकको विकास र समृद्धिको कुरा गरिरहनुहुँदा शेरबहादुर देउवा र प्रचण्ड ओलीलाई गाली गरिरहन्छन् । अब भन्नुस् जनताले कसलाई भरोसा गर्नुपर्छ रु

आज पार्टी एक ढिक्का छ । पार्टीमा केही समस्या होलान् त्यो सुधारका लागि काम गर्नुपर्छ । तर, निर्वाचनको टिकट नपाउँदा पार्टी छाड्ने नेतृत्व तहका नेताबाट कार्यकर्ताले के सिक्ने रु सधैं आफूले मात्रै टिकट पाउनुपर्छ भन्नेहरुबाट परिवर्तनको परिकल्पना कसरी गर्ने रु पार्टी भित्र यस्ता अनेकौं प्रश्न आन्तरिकरुपमा गर्नुपर्ने कि आम सभामा बोल्ने । आजको खुला समाजमा सीमितताका कुरा निरंकुश जस्ता लाग्लान् तर, सीमाहिन स्वतन्त्रता हानिकारक नै हुन्छ ।

आज शीर्ष तहका केही नेताहरुलाई पार्टी अध्यक्षले व्यक्तिगत स्वार्थ या रिसले नभई कम्युनिष्ट पार्टीको सिद्धान्तविपरितका असाध्यै लोकतान्त्रिक चरित्रका कारण केही कडा भएर प्रस्तुत हुन बाध्य हुनुभएको कुरा आम कार्यकर्ताको तहले बुझ्नुपर्छ ।

यसरी अन्तरवस्तुलाई बुझ्न सक्यौं भने यतिबेला नेकपा एमाले एउटा शक्तिशाली कम्युनिष्ट पार्टीको रुपमा स्थापित हुँदैछ । जसलाई बैदेशिक हस्तक्षेप र ५ दलीय गठबन्धनको सतर्क चालबाट पनि बुझ्न सकिन्छ ।

यतिबेला एमालेले आफ्नो अनुकुलमा, भोलि मुलुकको नेतृत्व गर्न आवश्यकताका आधारमा केही दलसँगको तालमेलमा निर्वाचनमा होम्मिएको छ । मंसिर ४ गते मतदाताले मत दान गर्न लाग्दा एमालेलाई जनताको सेवा गर्ने पार्टी सम्झेर मतदान गर्नुपर्छ ।

एमालेले पनि आफ्ना कमिकमजोरीलाई मसिनोसँग केलाएर अगाडि बढ्नुपर्छ । त्यसका लागि हामी कार्यकर्ता तहमा जिम्मेवार भएर लाग्ने छौं । स्वार्थपूर्ण गठबन्धनका विरुद्ध नेकपा एमालेको राष्ट्रवादी अग्रसरतालाई जनताले अनुमोदन गरेर अगाडि बढ्ने हो भने आगामी ५ वर्ष मुलुकले अग्रगामी छलाङ मार्नेछ ।

मकवानपुरको हकमा एमालेले नयाँ अनुहारलाई, अनुभवी अनुहारलाई जनतामाझ उभ्याएको छ । प्रतिवद्ध नेतृत्वले जनताको अपेक्षाअनुसार नै नयाँ अनुहार प्रस्तुत गर्दै गर्दा जनताले न्याय गर्नेमा हामी विश्वस्त छौं । आज हरेक मतदाताले नेकपा एमालेलाई दिने एक मत एक ढिक्का भएर भोलि सरकारको नेतृत्व गर्ने आधार बन्नेछ ।

मुलुकको सही नीति निर्माणमा एक ढिक्का शक्ति जरुरी छ । ओली नेतृत्वको साढे ३ वर्षको सरकारका बेला नागरिकले सरकारबाट आफ्नो अनुकुलको व्यवहारको अपेक्षा गर्दै आलोचना गर्ने अवसर थियो भने आजको गठबन्धन सरकारसँग कुनै किसिमको अपेक्षा नभएकै कारण जनताले आलोचना गर्नै छाडेका छन् ।

आसन्न निर्वाचन मुलुकको नीति निर्माण गर्ने, कानुन निर्माण गर्ने प्रदेश र संघीय संसदको निर्वाचन हो । आमरुपमा जनताको विकासको पक्षमा उम्मेदवारहरुले अनेकौं वाचा गर्ने गरिए पनि यतिबेला नीतिगत सुधार, समयानुकुल कानुन निर्माण र त्यसको कार्यान्वयनमा शक्तिशाली सरकार चाहिएको छ ।

त्यसका लागि मतदाताले एउटै विकल्प नेकपा एमाले नै छ । सत्तारुढ दलको गठबन्धनमा सरकारको नेतृत्व कसले गर्ने भन्ने नै निश्चित छैन भने मन्त्री र विभिन्न निकायमा नियुक्तिको भागबण्डा नमिल्दा जनताको आवश्यकता बुझ्ने अवसरै हुनेछैन ।

तसर्थ मौन अवधि सुरु हुनु अघि आम मतदातालाई एउटा जिम्मेवार कार्यकर्ताको रुपमा म प्रत्यक्षतर्फ एमालेका उम्मेदवारलाई र समानुपातिकतर्फ पनि नेकपा एमालेलाई नै मतदान गरेर आगामी ५ वर्षका लागि एक ढिक्का भएको नेकपा एमालेले एकमनले जनताको सेवा गर्ने अवसर दिनुहुनेछ ।

प्रजातन्त्र स्थापनापछिको ६० वर्षको अन्यौलतालाई चिर्दै आगामी ५ वर्षमा नेकपा एमालेले नेपाली समाजको एउटा सुन्दर भविष्यको मार्ग तय गर्नेछ ।

(लेखक भण्डारी युवा संघ नेपालको बागमती प्रदेश कमिटीको कोषाध्यक्ष तथा नेकपा एमाले जिल्ला कमिटी मकवानपुरका सदस्य हुनुहुन्छ ।)