हालसम्म देशभरका ७६ जिल्लामा डेंगु संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालससम्म २५ हजार ५४३ जनामा डेंगु पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा डेंगुका एक हजार ५१ जना संक्रमित थपिएका छन् ।

हाल सम्म डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बागमती प्रदेशमा १९ हजार ९१०मा डेंगु संक्रमण भएको छ । यस्तै, लुम्बिनी प्रदेशमा २ हजार ८८७, सुदूरपश्चिममा ८०४, प्रदेश १ मा ७७५, गण्डकीमा ५५६, मधेशमा ३८० र कर्णालीमा २३१ जनामा डेंगु संक्रमण भएको छ ।