हेटौंडा । आँचल साहित्य कला पुञ्जको आयोजनामा लेखक सिम्रन क्षेत्रीको उपन्यास ‘झुमर’बारे हेटौंडामा अन्तरक्रिया कार्यक्रम भएको छ ।

शुभकामना आदानप्रदान तथा पुस्तक चर्चाका रुपमा सोमबार साहित्य सङ्गमको सभाहलमा भएको कार्यक्रममा पुस्तकबारे समीक्षकहरू घनश्याम घिमिरे ,नीरा शर्मा र कवि छवि अनित्यले परिचर्चा गरेका थिए ।

पुस्तकबारे बोल्दै घिमिरेले पुस्तकले नारीको पक्षमा वकालत गरेको र सामाजिक कथाको रुपमा उपन्यास आएको बताइन्। अर्का समिक्षक नीरा शर्माले पुस्तक सशक्त रहेको भाषा आकर्षणयुक्त रहेको बताएकी थिइन् भने छवि अनित्यले पुस्तकको कथावस्तु नेपाली समाजको यथार्थ चित्रण रहेको बताएका थिए ।

आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार निमेष निखिलको प्रमुख आतिथ्यता रहेको थियो ।

संस्थाकी कोषाध्यक्ष निर्मला ब्लोनलले स्वागत मन्तव्य राखेको कार्यक्रमको सहजिकरण संस्थाकी सचिव सविता तिमल्सिनाले गरेकी थिइन् । साहित्यकारहरू आर.सी.रिजाल, मुना अर्याल, सुवास खनाल, सानु खनाल, मसान उपासक, श्रीराम अधिकारी लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रममा पाठकीय टिप्पणीको रुपमा देवराज तिवारी,सम्झना अधिकारी र अनु रोक्काले मन्तव्य राखेका थिए ।

कार्यक्रममा लेखकहरू ज्योत्सना श्रेष्ठ, भवानी तिमल्सिना, मिन प्रसाद लामिछाने, राजकुमार लामिछाने , पूर्णकला घिमिरे, मञ्जु खराल,सम्प्रस पौडेल लगायतको सहभागिता रहेको थियो ।