हेटौँडा । नेकपा एकिकृत समाजवादी मकवानपुरकी सचिवालय सदस्य मनिला विष्ट पुनः एमालेमा फिर्ता भएकि छिन् । विष्टसँगै २३ जना एकिकृत समाजवादी मकवानपुरका नेताहरु एमालेमा फर्किएका छन् ।

नेमपा एमाले विभाजन भएसँगै एकिकृत समाजवादीमा लागेकी तत्कालिन मनहरी गाउँपालिका उपाध्यक्ष समेत रहेकी विष्ट सहित जिल्ला सदस्यहरु बालमुकुन्ढ ढकाल, शिशुपाल बस्नेत, बासु पौडेल, अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य गोविन्द बर्तौला सहित २३ जना एमालेमा फिर्ता भएका हुन् ।
एमालेमा फिर्ता भएको घोषणा गर्दै विष्टले आफुहरु फुटेर हैन जुटेर एक हुनुपर्ने सन्देश दिन पुरानो पार्टीमा फिर्ता भएको बताईन् । उनले भनिन् ‘स्थानीय तहको निर्वाचनले पार्टीमा फुट आउनुको कारण अन्य दल हाबी भएको देखिएको छ, लामो समयसम्म पार्टीमा रहेको आन्तरिक समस्यालाई समाधान गर्न नसके देश ठुलो दुर्घटनामा जाने संभावना छ, हामी अब फुटेर हैन जुटेर अघि बढनुपर्छ भन्ने उदेश्य सहित एमाले फिर्ता भएका हौँ ।’

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मनहरी गाउँपालिकाको उपाध्यक्षमा विजयी भएकि विष्ट २०७९ को स्थानीय निर्वाचनमा एकिकृत समाजवादीबाट गाउँपालिका उपाध्यक्षमा प्रतिस्पर्धामा उत्रिएपनि पराजित भएकि थिईन् ।

पार्टी प्रवेश कार्यक्रममा एमाले केन्द्रीय सल्लाकार समितिका सदस्य एव्म वागमती प्रदेशका पुर्व मुख्यमन्त्री डोरमणी पौडmेल, एमालेका केन्द्रीय सदस्यहरु रामेश्वर राना, जुनेली श्रेष्ठ, एमाले नेता अनन्तप्रसाद पौडेल, एमाले जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, सचिव नविन सिग्देल तथा मनहरी गाउँपालिका अध्यक्ष नविन सुवेदी लगाएतको उपस्थिती रहेको थियो ।