बकैया । पूर्वि मकवानपुरको बकैया गाउँपालिकामा पहिलो पटक सामूहिक दुर्गापूजा समारोह सुरु भएको छ । नेपालीहरुको महान पर्व बडादशैँको अवसरमा पहिलो पटक बकैया–४ को जुरेलीमा दुर्गापूजा सुरु भएको हो ।

बडादशैँको पहिलो दिन घटस्थापना आजबाट सुरु भएको दुर्गापूजा टीकाको दिनसम्म नियमित रहने दुर्गापूजा हुने दुर्गापूजा मूल समारोह समितिले जनाएको छ ।

No description available.

दुर्गापूजाको पहिलो दिन बकैया-४ को गोठखोलाबाट जुरेली (पूजा स्थल) सम्म कलशमा जल भरेर कलश यात्रा गरिएको थियो । सोमबार मूल समारोहका संयोजक आनन्द कलवारको अध्यक्षमा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्यतामा रहेको थियो ।

यसैगरी, कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री, ४ नंबर वडाध्यक्ष राजन दंगाल, गाउँपालिकाको निवर्तमान उपाध्यक्ष सरला बोलखे लगाएतको आतिथ्यता रहेको थियो । न्यू हातेमालो क्लबको संयोजनमा सुरु भएको  दुर्गापूजा तथा आरती समारोह टीकाको दिनसम्म जारी रहने र पूजालाई पूर्वी मकवानपुरको बागमती गाउँपालिका भएर बग्ने पवित्र बागमती नदीमा लगेर सेलाउने कार्यक्रम रहेको मूल आयोजक समितिका व्यवस्थापक प्रकाश बस्नेतले जानकारी दिए ।