No description available.

हेटौँडा । पहिलो पटक विश्वर प्रर्दशनमा आएको नेपाली चलचित्र ‘प्रेम गीत –३’ को कालाकार सहितको टोली हेटौँडा आएको छ । हेटौँडाको नारायणी मलमा रहेको एनएस सिनेमा हलमा चलचित्रका नायक प्रदिप खड्का, नायिका कृष्टिना गुरुङ सहित निर्देशक सन्तोष सेन सहितको टोली आएको हो । उनिहरुले केहि समय दर्शकसँगै बसेर चलचित्र समेत हेरेका थिए ।

आजैबाट एनएस सिनेमामा चलचित्रको हिन्दी भर्सन पनि सुरु भएको सिनेमाका सञ्चालक कैलाश ढकालको भनाई छ । दर्शकहरुले हिन्दी र नेपाली भाषा दुबैलाई अत्याधिक मनपराएको उनले बताए । चलचित्रले हालसम्म विश्वभरबाट १७ करोड ६० लाख भन्दा धेरै ब्यापार गरेको वितरकहरुको दाबी छ । नेपालमा मात्र ५ करोड बढी कलेक्सन भएको बताईएको छ ।