No description available.

हेटौँडा । नेकपा एकिकृत समाजवादी परित्याग गरेर एमाले प्रवेश गरेकि नेतृ मनिला विष्टले पार्टीमा अन्य दल हाबी भएको कारण पार्टीमा फुट आएको महशुस भएको बताएकी छिन् । एकिकृत समाजवादी परित्याग गर्दै एमाले फर्किने क्रममा आज मनहरीमा आयोजना भएको कार्यक्रममा उनले अब एउटै पार्टीमा बसेर बलियो पार्टी निर्माण गर्न अग्रसर हुने बताईन् ।

विष्टले अब फुटेर हैन जुटेर पार्टी निर्माण गर्दै देशको नेतृत्व लिने समय आएकोले आफुहरु एमाले फिर्ता भएको बताईन् । स्थानीय तहको निर्वाचन परिणामले पनि सोहि सन्देश दिएको भन्दै एकिकृत समाजवादीमा अन्य राजनीतिक दल हाबी भएको आफुहरुले बुझेको उनको भनाई थियो ।
उनले भ्रमबस अलमलमा परेका अन्य समाजवादीका नेता तथा कार्यकर्तालाई एमालेमा फर्कन अनुरोध समेत गरेकि छिन् । हुँदाछदाको पार्टी फुटाएर नयाँ पार्टी निर्माण गर्नु फलमको चिउरा चपाउन भन्दा गाहे काम भएको भन्दै विष्टले अब एमालेलाई बलियो बनाएर देशको नेतृत्व दिलाउने अभियानमा लाग्ने बताईन् ।