हेटौंडा । मकवानपुरको हेटौंडा ४ स्थित डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा भिषण आगलागी भएको छ ।

आइतबार दिउँसोबाट भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन् ।

No description available.

जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख राजेन्द्रदेव पाण्डेले करिब डेढ घण्टादेखि भएको आगलागी नियन्त्रणमा आउन नसकेको बताए ।

No description available.

उनले आगलागी नियन्त्रणको लागि नेपाली सेना, सशस्त्र प्रहरी, प्रहरी खटाइएको समेत बताए । हाल सेन्टरमा दुई वटा दमकलले पानी हालेर आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।

आगलागी कसरि भयो भन्ने बारे खुल्न सकेको छैन् ।

No description available.