हेटौँडा । हेटौँडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाले शिक्षकहरुलाई मालपोत कार्यालय र भट्टी नधाउन अनुरोध गरेका छन् । शिक्षहरु मालपोत र भट्टी धाउँदा नराम्रो सन्देश गएको भन्दै उनले शिक्षकका यस्ता क्रियाकलापलाई रोक्नुपर्ने बताएका छन् । हेटौंडा–३ का सामुदायिक विद्यालयमा निःशुल्क अंग्रेजी माध्यममा शिक्षाको घोषणा कार्यक्रममा बोल्दै उपमेयर बानियाँले शिक्षहरु समाज रुपान्तरणको ऐना भएको भन्दै उनिहरुले नराम्रो सन्देश प्रवाह हुन्े काम गर्न नहुने र आफ्नो आनिवानीमा सुधार ल्याउनुपर्ने बताए ।

शिक्षकहरुमा नेपालको भविष्यलाई कस्तो बनाउने जिम्मेवारी रहेको भन्दै उनले केहि शिक्षकको कारण समाजमा नकारत्मक असर परेको बताए । अबको नेपाल कस्तो बनाउने भन्ने कुरामा पनि शिक्षा क्षेत्र निकै महत्वपूर्ण रहेको बताउँदै बानियाँले शिक्षकहरुमा गलत आचरण भए सुधार गर्न अनुरोध गरे । हेटौँडा उपमहानगरपालिकाले प्रविधिमा आधारित शिक्षामा जोड दिएको बताउँदै बानीयाँले अब हेटौँडाका बालबालिकाहरु प्राविधिक शिक्षाको लागि बाहिर जानुपर्ने वाध्यताको अन्त्य हुने बताए ।