हेटौंडा । हेटौँडा–कुलेखानी–काठमाण्डौँ सडक अन्र्तगत मकवानपुरको भीमफेदीमा सावरी दुर्घटना हुँदा १० जना घाइते भएका छन् भने तीनजनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज ५५२३ नम्वरको सुमो भीमफेदी–६ सिमल्टारमा अनियन्त्रित दुर्घटना
भएको मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । घाईतेको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ ।