हेटौंडा । मकवानपुरको भीमफेदी-६ को जुरीखेतमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

हेटौंडा-भीमफेदी-सिस्नेरी-काठमाडौं जोड्ने छोटो दूरीको राजमार्ग अन्तर्गत बिहीबार दिउँसो काठमाडौंबाट विरगंज जान आउँदै गरेको ना ३ ख ७८५८ नंबरको बस जुरीखेतमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो ।

उपचारको क्रममा थप एक जनाको मृत्यु भएसंगै मृतकको संख्या ७ पुगेको हो । मृतकहरुको पहिचान खुलेको छैन् ।

प्रहरीले बसमा सवार यात्रुहरुको सूची तयार पारेको छ ।

यस्तो छ सूची:

No description available.

No description available.