सांकेतिक तस्बिर

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिकामा दुईजनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका वडा नंबर १ की २८ वर्षीय चुनिसरा आले तथा हेटौँडा १३ का ४० वर्षीय कृष्ण बहादुर सुनार रहेका छन् ।
आलेको शब आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सुनारले भने विष सेवन गरेको र उपचारको लागि हेटौँडा अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको प्रहरीको भनाई छ।