सांकेतिक तस्बिर

हेटौंडा । संविधान दिवसको विरोधमा प्रदर्शन गर्ने र संविधानलाई जलाउन खोज्ने ५ जना पक्राउ परेका छन् ।

सोमबार साँझ जिल्लाको हेटौंडा उपमहानगर-४ को हुप्रचौरबाट ५ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

उनले पक्राउ पर्नेमा बिर गोर्खाली समूह मकवानपुरका जिल्ला अध्यक्ष बिरेन्द्र श्रेष्ठ सहित उनका समूहका ५ जना रहेका छन् ।