हेटौँडा । हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ का निर्वाचित जनप्रतिनिधि (वडाध्यक्ष) रामकृष्ण कोइरालाले नियमित सञ्चालनमा रहेको विद्यालयमा “अनावश्यक” चासो दिँदा विद्यालयमा लफडा सुरु भएको छ ।
हेटौँडा उपमहानगरपालिका वडा नंबर १६ मा रहेको जनप्रिय मावि तथा प्राविधिक शिक्षालयमा २०७३ सालबाट नियमित प्रधानाध्यापकको रुपमा कार्यसञ्चालन गर्दै आएका नवराज अर्याललाई वडाध्यक्ष कोइराला तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रमेश खतिवडाले विनाआधार बर्खास्त गरेपछि सुरु भएको विवादले उग्र रुप लिँदै गएको छ ।

प्रमाणितनै नभएको आर्थिक अनियमितता, अध्ययननै नगरि लगाईएको शिक्षाको गुणस्तरको प्रश्न लगाएतको विषयमा मनगणन्ते कथा बुनेर ‘हेडसर’ हटाईएको भन्दै आफुहरुले गरेको तालाबन्दीलाई वडाध्यक्ष कोईराला  सहित केहि ब्यक्तिहरु आएर विद्यालयमा लगाईएको ताला फुटाएको विद्यार्थीहरुको भनाई रहेको छ ।
तालाबन्दीको विषयमा एकजना विद्यार्थी भन्छन् ‘सम्वन्धित वडाको वडाध्यक्षले त विद्यालय सुधारको प्रयत्न गर्ने पो हो ? तर उहाँ (कोइराला)ले त ब्यक्तिगत ‘इगो’को आधारमा यसरी विद्यालयलाई अशान्त बनाउने काम गर्नु भयो, यो राम्रो विषय हैन ।’

१ सय ९ जना अविभावकले विशेष साधरणसभाको माग गरेको अवस्थामा साधरणसभा गर्नुको साटो वडाध्यक्ष ज्यु ‘हेडसर’ हटाउनेतर्फ लाग्नु भयो, त्यसैको फलस्वरुप आफुहरुले आन्दोलन गर्नुपरेको जनप्रियमा अध्ययनरत एक जना विद्यार्थीले बताए । राम्रो काम गरिरहनुभएको प्रधानाध्उापकलाई हटाएर विद्यालयभित्र राजनीति गर्न खोजेको भन्दै विद्यार्थीहरुले स्वतस्फुर्त आन्दोलन गरेको उनिहरुको भनाई छ ।

वडाध्यक्ष कोइरालाले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खतिवडालाई प्रभावमा रहेर पदेन सदस्यहरु सहितको बैठकमा बहुमतको दम्भ देखाउँदै गरेको निर्णय विद्यालयको हितमा नरहेको विद्यालयका सल्लाहकार एवम् पूर्व विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बसन्त दाहालले बताए ।