काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य आरजु राणा देउवालाई प्रतिनिधिसभामा समानुपातिकतर्फबाट उम्मेदवार बनाउने भएको छ ।

कांग्रेसल सोमबार निर्वाचन आयोगलाई बुझाउने प्रतिनिधिसभाको समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा आरजुको नाम सिफारिस गरिएको स्रोतले बतायो ।

आरजु कैलाली ५, कञ्चनपुर, बर्दिया, बाग्लुङसहित पाँच स्थानबाट प्रत्यक्षतर्फ सिफारिस भएकी थिइन् । तर, कांग्रेसले अन्तिम समयमा आएर उनको नाम समानुपातिकमा समावेश गरेको छ । कैलाली ५ मा असन्तुष्ट नेता पुष्करनाथ ओझा समूहले असहयोग गर्ने भएपछि आरजुलाई समानुपातिकमा राख्न कांग्रेस सभापति शेरबहादुर देउवाले सिफारिस गरेका हुन् ।