काठमाण्डौँ । पछिल्लो समय नेपालमा नाटकको क्रेज बढिरहेको सन्र्दमा काठमाण्डौँको थापागाउँमा रहेको मण्डला नाटकघरमा नाटक ‘२४ मा १२’ नियमित मञ्चन भैरहेको छ ।


उमेश सुनामको लेखन रहेको नाटकलाई संगीत सापकोटाले निर्देशन गरेका हुन्। समाजले गर्ने जातीय र लैङ्गिक भेदभावलाइ नाटकले देखाएको छ। एक दलित समुदायको युवाले भोग्नु परेको प्रेम वियोग र यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले समाजमा बाँच्न गर्नु परेको संघर्षलाई नाटकले देखाएको छ। कलासी र गरे आर्ट्सले निर्माण गरेको नाटकमा राज न्यौपाने, सुन्दर धिताल,प्रमिला खनाल, अस्मिता खनाल, पूर्ण गन्दर्भ ,क्रिष्टिना बस्नेत, मनिषा ओझा, रवीन्द्र खत्री लगायतको अभिनय रहेको छ।


प्रत्येक दिन साँझ ५ः१५ बजे र शनिबार दिउँस १ बजे पनि मञ्चन भैरहेको नाटक आगामी असोज ९ गतेसम्म मञ्चन हुने आयोजकले जनाएको छ । नेपाली नाटक क्षेत्रमा उत्कृष्ट अभिनय गर्दै आएका हेटौँडाका सुन्दर धितालको अभिनय रहेको नाटकले पछिल्लो समय निकै चर्चा पाउँदै गएको छ ।