पायल्सको घरेलु उपचार | Piles Home Remedy in Nepali

सामान्यतया मलद्वारमा आउने मासुको डल्लो वा यससँग सम्बन्धित समस्यालाई पायल्स भनिन्छ । मलद्वारसँग सम्बन्धित रोग भएकाले धेरै मानिस लाजका कारण पायल्सका बारेमा खुलेर कुरा गर्दैनन् ।

पानी कम खाने, हरियो सागपात नखाने, शारीरिक व्यायाम नगर्ने, धेरै व्रत बस्ने, बढी चिया पिउने, माछामासु खाने मानिसलाई पायल्सको समस्या हुने गर्छ । साथै सुख्खा खानेकुरा खाने, अनियमित खानपान गर्ने, तनाव लिने, मदिरा तथा चुरोट र सूर्तीको सेवन गर्नेमा पनि पायल्स हुने गर्दछ ।

पायल्सका लक्षण
– दिसा गर्दा दिशामा रगत आउने

– दिशा निस्कने भागमा मासु पलाउने

– मलद्वार दुख्ने

– सुन्निने

– चिलाउने

– मलद्वारमा पीप आउने

– मासुको डल्लो पलाउने

– रातो दानाजस्तो आउने

पायल्स हुनुमा कब्जियत हुनु, थोरै दिसा आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसापिसाब लागेको बेलामा नगर्नु, अत्याधिक गर्मी वातावरणमा बस्नाले समेत हुने गर्दछ । पायल्स भए वा यसको लक्षण देखिएमा तत्काल अस्पताल जानुपर्दछ ।