हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा एकजना अपरिचित ब्यक्तिको शव फेला परेको छ । सोमबार मनहरी–९ जयसिङको भित्रि सडकमा करिब ४० वर्षका पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।
फेला परेको शवको पहिचान नभएको तर शवको प्रकृति हेर्दा माघेर जीवन निर्वाह गर्ने ब्यक्ति जस्तो देखिने प्रहरीको भनाई छ ।