हेटौँडा । कुनै समय अस्थाई साधनको सबैभन्दा भरपर्दो साधनको रुपमा धेरै प्रयोग हुने कण्डमको प्रयोग मकवानपुरमा पछिल्लो वर्षहरुमा घट्दै गएको पाईएको छ । अस्थाई साधनको रुपमा कण्डम बाहेक अन्य धेरै साधनहरुको विकास हुनु, धेरै युवाहरु विदेशिनु तथा ‘मोर्डन’ पुस्तामा कण्डमप्रति रुचि नहुनु यसको प्रमुख कारण रहेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

No description available.
जिल्ला स्वास्थ्य कार्यालयले दिएको तथ्याङ् अनुसार पछिल्लो ४ वर्षमा मकवानपुरमा कण्डमको प्रयोकर्तामा निकै कमि आएको देखिएको छ । कार्यालय अन्र्तगत रहेको स्वास्थ्य सस्था तथा कार्यालयमा आवद्ध भएका विभिन्न निकायहरुले आर्थिक वर्ष २०७५–७६ मा ९३,७४,८४४ थान कण्डम खपत भएकोमा २०७७–७७ मा ७०,६७,१७३ थान खपत भएको पाईएको छ । आर्थिक वर्ष २०७७–०७८ मा यो संख्यामा थप गिरावट आएको पाइएको छ । उक्त आर्थिक वर्षमा ६७६२१४८ थान खपत भएको पाईएको छ भने गत आर्थिक वर्ष २०७८–२०७९ मा २६२९५० थान कण्डम खपत भएको पाईएको छ ।

No description available.
अस्थाई साधनको रुपमा प्रयोग हुने डिपो लगाउनेको संख्या करिब बराबर रहेपनि इम्पाल्ट प्रयोगकर्ता बढेको तथ्याङ्कमा उल्लेख छ । पिल्स प्रयोगकर्तामा पनि झिनो अन्तरको कमि देखिएको छ ।

किन गर्ने कण्डमको प्रयोग ?

परिवार नियोजनको अस्थायी साधन कण्डम यौन रोग सर्नबाट बचाउने भरपर्दो साधन हो । कन्डम मात्र एउटा यस्तो साधन हो जसले गर्भवती हुन र यौनजन्य सङ्क्रमण जस्तैस एचआईभी. र धेरै यौनरोगहरू सर्नबाट रोक्दछ ।

कन्डम पुरुषको उत्तेजित लिङ्गमा लगाउने परिवार नियोजनको साधन हो । यो सजिलै पाउन सकिन्छ । आजकल बजारमा पुरुषले प्रयोग गर्ने कण्डमका अलावा महिलाले प्रयोग गर्ने महिला कण्डम पनि उपलब्ध भइसकेका छ ।

कण्डम हरेक औषधी पसल सजिलै पाउने गर्दछ । साथै सरकारी स्वास्थ्य चौकीहरूमा निःशुल्क प्राप्त गर्न सकिन्छ । कन्डममा कुनै हर्मोन नहुने हुदा यसले शरीरमा कुनै असर पार्दैन । कण्डमले सहवासको बेलामा पुरुषको वीर्य यसमै जम्मा हुने भएकाले महिलाको पाठेघरमा पुग्न पाउदैन र गर्भ रहनबाट रोक्ने गर्दछ । साथै यसले यौनरोग बाट समेत बचाउँछ ।

यस्ता छन् कण्डम प्रयोगको फाइदा
– यसको प्रयोगले सुरक्षित यौन सम्पर्क राख्न सकिन्छ ।
– अनिच्छित गर्भधारण हुनबाट बचाउँछ ।
– सस्तो, सुलभ र सहज पाइने भएकाले यो कम खर्चिलो अस्थायी साधन हो ।
– यसलाई प्रयोग गर्न सजिलो हुन्छ ।
– एचआईभी एड्स लगायतका यौनरोग सर्ने संभावना हुदैन ।

कण्डम प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा
– एक पटकमा प्रयोग गरेको कण्डम दोहोर्याएर प्रयोग नगर्ने ।
– एकै पटकमा दुईवटा कण्डमको समेत प्रयोग नगर्ने ।
– यौन सम्पर्कको समयमा कण्डम फुट्ने संभावना हुदाँ सहि तरीकाले प्रयोग गर्ने ।
– उत्तेजित लिंगमा मात्र कण्डमलाई प्रयोग गर्ने ।
– प्रयोग गरिसकेपछि कण्डमलाई माटो मुनि गाड्ने वा जलाउने ।