

[स्वतन्त्र अभियानको नाममा सामाजिक संजाल र सडकमा रत्यौली जात्रा ]


“नो नट अगेन” भन्दै मकवानपुरमा पनि अभियान चलाउनेहरुले यसरी सिधै राजेन्द्र लिङ्देनको हलोको अनौ समेतर बाझो बारिमा रोपाइँ गरेको जस्तो वा कमल थापाको गाई चराउदा चराउदै थाकेका केटाकेटी भाडाकुटी खेले जस्तो जात्रा नगेरे पनि हुन्थ्यो क्यारे ।लुकिछिपी किन हौ ? अघोषित रूपमा गरेको जाबो दुई थान कुरो सिधै भन्दिए हुदैन :
१. दिपक सिह काका नगरपालिकामा हराएको क्षेतीपुर्ती तिर्छौ तपाईं प्रदेशमा आउनुस ।
२. कमलदाई मकवानपुर तपाईंको साथमा छ,संघमा तपाईं आउनुस ,कि भाउजू पठाउनुस ,नभए गणेश काका भए नि हुन्छ।
—
लाज पनि लजाउने काम किन हौ स्वतन्त्र अभियानको नाममा ? सक्छौ भने कुमारी ,छिन्तु ,ईन्द्रलाई मतले नै हराईदिए भैगो त । खुराफात किन ? कृष्ण दाहाल र बिरोध खतिवडाले के चाहिँ बिगारे मकवानपुरमा तथ्य सहित भण्डाफोर गर्दिए भैगो त । कुमारी मोक्तानलाई नो नट अगेन भन्नेहरुले मनु सिग्देलमा के भेटेछन त्यस्तो कुरा र नो भन्न सकेनछ्न। उता राम चन्द्र राई, जुनेली श्रेष्ठ र सन्त बहादुर चेपांग बारे चाहिँ मौनता साध्नु पर्ने कारण के होला ?कि उल्का पात नै बिकास गरे उनीहरुले ?प्रेम बहादुर पुलामी छिन्तु नचाईनेलाईओम घलान किन चाहिएछ फेरि ? हामी प्रदेश राजधानीका बासिन्दा भन्दै रत्यौली नाच्ने अनि डोरमणिको खैरो खन्ने ,कुरो को चुरो के हो ? सत्य तथ्य सहित तर्क राखन हौ ? सडक पेटिमा नो नट अगेन लेखेर हुन्न क्या ! जनताको मनमा लेखिने गरि सामाजिक अभियान हुनु पर्यो। नत्र आर्यघाटको आगोमा तिल लड्डु सेक्ने काम नगरेकै राम्रो बाबै !
खुलेर बोल्न लाज किन बाबा !
प्रतिक्रिया दिनुहोस्