हेटौंडा । मकवानपुरको हेटौंडामा देशभरका रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु भेला हुने भएको छ ।

रोट्रयाक्ट डिष्ट्रिक ३२९२ ले हरेक वर्ष गर्ने अध्यक्ष र सचिवहरुको भेला हेटौंडामा गर्न लागेको रोट्रयाक्ट हेटौंडा र मकवानपुरले जनाएको छ ।

आज हेटौंडामा संयुक्त पत्रकार सम्मेलन गर्दै रोट्रयाक्ट हेटौंडा र मकवानपुरले १० सेप्टेम्बर भदौ २५ गते हुन लागेको एक दिने भेलाको तयारी सुरु भएको जानकारी दिएको हो ।

रोट्रयाक्ट मकवानपुरका अध्यक्ष प्रदिप कुमार राईले मकवानपुरमा पहिलो पटक देशभरको अध्यक्ष र सचिवहरु हुन लागेको बताए । उनले देशभरका करिब १ हजार जनाको सहभागिता रहने भेलाले वर्षभरमा गरिएको कार्यको समिक्षा र भावि कार्य योजना बारेमा बृहत क्षलफल र निष्कर्स निकाल्ने बताए ।

भेलामा देशभरको १ सय ७६ रोट्रयाक्ट क्लबका अध्यक्ष र सचिवहरु र भारत लागएत विभिन्न बाहिरी देशका प्रतिनिधिहरुको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।