मकवानपुरगढी । मकवानपुरको एतिहासिक मकवानपुरगढी दरबार परिसरमा रहेको बंशगोपाल मन्दिरमा श्रीकृष्ण जन्माष्टमी मनाईएको छ ।

श्रद्धालु बर्तालुहरुले श्रीकृष्णको मन्दिरमा पूजा अर्चना गर्दै भजनकीर्तनगरेर श्रीकृष्ण जन्माष्टमी मनाएका हुन् ।

मकवानपुर राज्यको दरबारको रूपमा रहेको मकवानपुरगढी दरबार क्षेत्रमा पछिल्लो वर्षहरुमा आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्यको रूपमा विकास भइरहेको छ ।

तत्कालिन गोरखाका राजा पृथ्वी नारायण शाहको ससुराली समेत रहेको सो मकवानपुगढी दरबार परिसरमा पिकनिक स्थल सहित नेपालको सातै प्रदेश झल्कने नक्सा,सेतो हात्तिको प्रतिमा रहेको छ ।